शुद्धोदनमा दुई महिने फेसन डिजाइन कटाइ तालिम सुरु

by समतल अनलाइन
225Shares

रुपन्देहीको शुद्धोदन गाउँपालिका अन्तर्गत सौ, फर्साटिकर सामुदायिक सिकाइ केन्द्रद्वारा सञ्चालित दुई महिने फेसन डिजाइन कटाइ तालिम सोमबार उद्घाटन गरिएको छ। तालिमको उद्घाटन समारोह फर्साटिकर सामुदायिक सिकाइ केन्द्रको सभाहलमा सम्पन्न भयो।

सामुदायिक सिकाइ केन्द्र फर्साटिकरको आयोजनामा तथा शुद्धोदन गाउँपालिका कार्यालय मानपकडीको आर्थिक सहयोगमा सुरु गरिएको यस तालिममा शुद्धोदन गाउँपालिका वडा नम्बर ३ र ४ का २० जना महिलाहरू सहभागी छन्।

उद्घाटन समारोह सामुदायिक सिकाइ केन्द्रकी अध्यक्ष रामेश्वरी सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा शुद्धोदन गाउँपालिकाकी उपाध्यक्ष शान्तादेवी ज्ञवाली प्रमुख अतिथि रहनुभएको थियो भने वडा नम्बर ४ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता केशवप्रसाद अधिकारी, वडा नम्बर ३ का अध्यक्ष हेम खड्का विशिष्ट अतिथिको रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शान्तादेवी ज्ञवालीले कुनै पनि तालिमको ज्ञान प्रमाणपत्रमा मात्र सीमित नराखी आत्मनिर्भर बन्न प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। प्रवक्ता अधिकारीले सीपले जीवन परिवर्तन गर्न सक्ने र स्वरोजगार बनाउन सक्ने बताउनुभयो। वडा अध्यक्ष हेम खड्काले सिप सिकेपछि त्यसलाई व्यवहारिक रूपमा उपयोग गर्न आग्रह गर्नुभयो।

उक्त कार्यक्रममा गाउँपालिकाका कार्यपालिका सदस्य रुक्मणी चौधरी, वडा सदस्यहरू बालकृष्ण पराजुली, रुपा विक, चामुण्डा सहकारीका अध्यक्ष शेरबहादुर काफ्ले, संस्थाका सल्लाहकार शोभा आले, निवर्तमान अध्यक्ष हेमबहादुर राना, सल्लाहकार हुमाकान्त पाण्डे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रम संस्थाका उपाध्यक्ष नवराज आचार्यको स्वागत मन्तव्य तथा सामाजिक परिचालक अञ्जना रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो।

Comments

You may also like

This will close in 0 seconds