175
			
		
		
			
            
				            
			
			        
    गुल्मी।गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरले वडा नं. ६ घ्यूपानी भकारेका स्वर्गीय गोविन्द थापाको काजकिरियाका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ।

७२ वर्षीय थापाको निधनपछि आर्थिक रूपमा अति विपन्न उनको परिवारलाई राहतस्वरूप अध्यक्ष कुवँरले व्यक्तिगत रूपमा १० हजार रुपैयाँ सहयोग गर्नुभएको हो। स्वर्गीय थापाका श्रीमती, दुई छोरा, र तीन छोरी छन्। यो परिवारको कुनै स्थायी आम्दानीको स्रोत छैन भने बसोबास गर्ने उचित घरसमेत नरहेकोले सहयोग गरिएको अध्यक्ष कुवँरले जानकारी दिनुभयो।
नेपाली कांग्रेस मदाने गाउँपालिकाका सभापति समेत रहनुभएका अध्यक्ष कुवँरले पालिकाबाट प्राप्त गर्ने व्यक्तिगत सुविधास्वरूपको रकम सिधै पार्टीको खातामा जाने व्यवस्था मिलाउनुभएको छ। त्यसरी संकलित रकम पार्टीको निर्णयअनुसार खर्च गरिने उहाँले बताउनुभयो।
			        

												
														

