615
			
		
		
			
            
				            
			
			        
    बुटवल।कञ्चन गाउँपालिका-१ सुन्दर टोलमा २० वर्षीय सरोज परियारले आफ्नी ४५ वर्षीया आमा पार्वती परियारको हसियाँ प्रहार गरी हत्या गरेका छन्।
 इलाका प्रहरी कार्यालय सालझुण्डीका अनुसार, घटना गत राति करिब १ बजे भएको हो। सरोजले आमाको आँखा र हातमा हसियाँ प्रहार गरेका थिए।
प्रहरीले घटनापछि सरोजलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानमा, सरोज मानसिक स्वास्थ्य समस्याबाट पीडित रहेको पाइएको छ। घरमा मृतक पार्वती र उनका कान्छा छोरा सरोज मात्र बस्दै आएका थिए, जबकि जेठा छोरा रोजगारीका लागि भारतमा छन्।
			        

												
														

