बुटवलमा ‘फ्रेण्ड्स सिनेमाज’ सञ्चालन, दर्शकका लागि विशेष अफरहरू

by समतल अनलाइन
358Shares

बुटवल । बुटवलको अमरपथमा रहेको सिंह कम्प्लेक्सभित्रको भ्यु सिनेमा अब नयाँ व्यवस्थापनसहित ‘फ्रेण्ड्स सिनेमाज’ को नाममा पुनः सञ्चालनमा आएको छ। अत्याधुनिक प्रविधिसहित २११ सिट क्षमताको यस सिनेमाले दर्शकहरूलाई लक्षित गर्दै विशेष अफरहरू ल्याएको छ।

नयाँ व्यवस्थापनले ग्राहकहरूलाई आकर्षित गर्न विभिन्न अफरहरू सार्वजनिक गरेको छ। कुनै पनि फिल्मको एउटा टिकट खरिद गर्दा एक पपकर्न, तीन वटा टिकट खरिद गर्दा एक बकेट पपकर्न, तथा पाँच वटा टिकट खरिद गर्दा दुई बकेट पपकर्न निःशुल्क प्रदान गरिनेछ।

यसैगरी, २९ फागुनसम्म ‘तातो अफर’ अन्तर्गत मात्र १०० रुपैयाँमा कफी उपलब्ध गराइने सिनेमाको विज्ञप्तिमा उल्लेख छ।

फ्रेण्ड्स सिनेमाजले उत्कृष्ट सेवा र आधुनिक प्रविधिको सहायताले प्रत्येक दर्शकलाई अविस्मरणीय सिनेमा अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

Comments

You may also like

This will close in 0 seconds