198
चितवन । चितवनमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान साढे ४ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेर दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिइन् ।
previous post