शुद्धोदनमा बृहत रक्तदान कार्यक्रम सम्पन्न, २८ युनिट रगत संकलन

by समतल अनलाइन
544Shares

नगेन्द्र केसी,
शुद्धोदन। रुपन्देहीको शुद्धोदन गाउँपालिकाको फर्साटिकरमा नेवाः संस्कृति संरक्षण समाज शुद्धोदनको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी शुद्धोदन उप-शाखा, लायन्स क्लब अफ शुद्धोदन, शुद्धोदन अपाङ्ग संघ रुपन्देही, र फर्साटिकर युवा क्लबको सहकार्यमा बृहत रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ।

कार्यक्रम नेवाः संस्कृति संरक्षण समाज शुद्धोदनका अध्यक्ष राम प्रसाद श्रेष्ठको अध्यक्षतामा तथा शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। प्रमुख अतिथि बस्यालले रक्तदाता लाई ब्लड व्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए। उनले हरेक स्वस्थ व्यक्तिले नियमित रक्तदान गर्नुपर्नेमा जोड दिँदै, रक्तदान मानव सेवाको पवित्र कार्य भएकाले समाजका सबैलाई यसमा सहभागी हुन आग्रह गरे।

उक्त रक्तदान कार्यक्रममा २८ युनिट रगत संकलन भएको नेवाः संस्कृति संरक्षण समाज शुद्धोदनका अध्यक्ष राम प्रसाद श्रेष्ठले जानकारी दिएका छन्।

You may also like