बुटवलमा क्लाउड एजुकेशन भिसा सर्भिसको छैठौं शाखा खुल्यो

by समतल अनलाइन
620Shares

बुटवल । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको क्लाउड एजुकेशन भिसा सर्भिसले बुटवलमा आफ्नो छैठौं शाखा स्थापना गरेको छ। नेपालका लागि यसको मुख्य कार्यालय काठमाण्डौको डिल्लीबजारमा रहेको छ।

उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई परामर्श प्रदान गर्ने, आईईएलटिएस तथा पिटिई कक्षा सञ्चालन गर्ने उद्देश्यले बुटवलमा शाखा विस्तार गरिएको क्लाउड एजुकेशन भिसा सर्भिस सिड्नीका प्रमुख कार्यकारी अधिकृत सक्षम सुवेदीले जानकारी दिए।

बुटवलको मिलनचोकमा स्थापना गरिएको उक्त कार्यालयको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले गरेका छन्। उनले वैदेशिक शिक्षाका लागि जाने विद्यार्थीहरूलाई सहज वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए। साथै, विदेशमा अध्ययन पूरा गरेपछि नेपालमै फर्केर योगदान दिनुपर्ने मानसिकता विकास गर्न आग्रह गरे। उद्घाटन समारोहमा देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिराबहादुर खत्रीले पनि शुभकामना व्यक्त गरे।

क्लाउड एजुकेशन भिसा सर्भिसका बुटवल शाखा प्रवन्धक विजय गुरुङका अनुसार, यो संस्था विशेष रूपमा अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्यूजिल्याण्ड तथा युरोपका विभिन्न देशहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परामर्श सेवा प्रदान गर्छ। हालसम्म काठमाण्डौको चावहिल, चितवन, इटहरी, बागलुङमा शाखा सञ्चालनमा छन् भने पोखरा र विर्तामोडमा नयाँ शाखा खोल्ने तयारी भइरहेको छ।

सन् २०२२ मा अष्ट्रेलियाको सिड्नीबाट सुरु भएको क्लाउड एजुकेशनले नेपालसहित फिलिपिन्स, दुबई, पाकिस्तान, भारत र फिजीमा पनि आफ्नो शाखा विस्तार गरिसकेको छ। क्लाउडमार्फत अहिलेसम्म नेपालबाट ३ हजारभन्दा बढी विद्यार्थी उच्च शिक्षाका लागि विभिन्न देशमा गइसकेका छन्।

Comments

You may also like