बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

by समतल अनलाइन
289Shares

बुटवल । बुटवलको राजमार्ग चौराहामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मी स्थायी घर भई हाल बुटवलमा बसोबास गर्दै आएका ७२ वर्षीय धनबहादुर पुन रहेका छन्। आइतबार दिउँसो बुटवलबाट भैरहवा जाँदै गरेको लु २ ख ८८६ नम्बरको ट्रकले लु ९४ प ८५९४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

गम्भीर घाइते भएका पुनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। हाल ट्रक र चालक प्रहरी नियन्त्रणमा छन्, र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Comments

You may also like