भैरहवा।गौतम बुद्धको प्रवेसद्धाराको रुपमा रहेको रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ५७ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाउने भएको छ । नगरपालिकाले माघ २२ गते स्थापना दिवस मनाउने भएको हो ।
वि.स २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको नामबाट हालको नगरपालिका स्थापना भएको थियो । तत्कालीन श्री ५ को सरकारद्वारा दश हजार सात जनसंख्या भएको क्षेत्रलाई २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायत नामले स्थापना गरेको विषय उक्त समयमा प्रकाशित राजपत्रमा उल्लेख छ । उक्त राजपत्रको नगरपालिकाको कार्यालयले खोज गरेको थियो । स्थापना दिनको प्रमाण स्वरुप अदालतमा प्रकाशित राजपत्र फेला परेपछि सोही राजपत्रको आधारमा कार्यालयले माघ २२ गते स्थापना दिवस मनाउन लागेको सिद्धार्थनगर नगरपलिकाका नगर प्रमुख ईस्तियाक अहमद खाँले जानकारी दिए । सिद्धार्थनगरले गत बर्षदेखी स्थपना दिवस मनाउन लागेको हो ।
उनका अनुसार दिवसको अवसरमा कार्यालयले विभिन्न संघसंस्था, नगरबासीहरुको सहभागितामा नगरमा प्रभातफेरी, शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको हो । र्यालीमा विद्यार्थीलाई भने सहभागीता नगराउने भएको छ ।
सामुदायीक एवं संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरु आफ्नो पोशाक र ब्यानर सहित सहभागी हुने तर विद्यार्थीहरुलाई भने र्यालीमा सहभागी नगराउने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए । उनका अनुसार नगरभित्र रहेका अन्य सघंसंस्था र आम नगरवासिलाई र्याली तथा मुल समारोहमा उपस्थितीकोलागी आह्वान समेत भएको छ । कार्यक्रम माघ २२ गते बिहान १० बजे नगरपालिकाको कार्यालयमा जम्माभै बैंकरोड, देवकोटा चोक हुदै महेन्द्र सभागृहमा पुगेर शुभकामना आदान प्रदानमा परिणत हुने स्थापना दिवस कार्यक्रमका सयोंजक एवं वडा नं २ का अध्यक्ष छेदिलाल श्रीवास्तवाले बताए । स्थापना दिवसको दिन पालिकाले विद्यालय, स्वास्थ्य केन्द्र तथा पालिका र वडा कार्यलयमा बिदा समेत दिएको छ ।
स्थापनाको अवसरमा २१ र २२ गते साँझ दिप प्रजव्लन गर्ने र नगरवासिलाई समेत दिप प्रजव्लन गर्न नगरपालिकाले आग्रह गरेको उप प्रमुख उमा अधिकारीले जानकारी दिईन् । स्थापना दिवसको कार्यक्रमलाई भब्य र सभ्य रुपमा मनाउन तयारी तिव्र पारिएको समेत उनले बताईन् । स्थापना दिवसको अवसरमा नगरपालिकाले आईतवार जनप्रतिनिधी, कर्मचारी र पत्रकार बिच मैत्रीपुर्ण क्रीकेत तथा महिला जनप्रतिनिधी र महिला कर्मचारी बिच मैत्रीपुर्ण फुटसल प्रतियोगीता समेत गराएको खेल सयाेंजक एवं वडा नं ६ का अध्यक्ष बिरेन्द्र श्रीवास्तवले जानकारी दिए ।