150
बुटवल । राधाकृष्ण युवा क्लबको १८ औं साधारण सभा तथा ८ औं अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले रिम बहादुर सारुको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा राज कुमार भट्टराई, उपाध्यक्षमा सुमित खनाल, सचिवमा शंकर परियार, सह–सचिवमा कविता सुनार, कोषाध्यक्षमा विश्वजित ताम्राकार चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा सन्तोष भण्डारी, दिनेश पाण्डे, शुशान्त राज पाण्डे, अमृत मल्ल, बिक्रम तिवारी, पद्मा नेपाली र संगिता रणपाल चयन भएका छन् । निर्वाचन प्रक्रियालाई प्रमुख निर्वाचन अधिकृत बिरमान लामाले सम्पन्न गराएका थिए ।