43
बुटवल। भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले पुस २७ गते सम्पन्न साधारणसभामा नयाँ संचालक समिति चयन गरेको छ। यस अनुसार, सुदिप सिंह अधिकारी, जगत बहादुर पोखरेल, बम बहादुर गुरुङ, बासुदेव भण्डारी, नेहा अग्रवाल र राजेन्द्र अधिकारी चयन भएका छन्। माघ ५ गतेको संचालक समितिको बैठकले सुदिप सिंह अधिकारीलाई कम्पनीको अध्यक्ष र जगत बहादुर पोखरेललाई प्रबन्ध संचालकको रूपमा चयन गर्ने निर्णय गरेको छ।
कम्पनीले कास्कीमा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ र २०८१ सालको कार्त्तिक २७ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको छ। अब, नयाँ नेतृत्वको साथ कम्पनीले जलविद्युत उत्पादन क्षेत्रमा थप प्रगति र दिगो ऊर्जा आपूर्ति सुनिश्चित गर्ने लक्ष्य राखेको छ।