176
काठमाडौं । नेपालको पुरुष टिम पनि खो खो विश्वकपमा उपविजेता बनेको छ । आज (आइतबार) भारतको इन्दिरा गान्धी इन्डोर कोर्टमा भएको खेलमा नेपाल भारतसँग ५४–३६ ले पराजित भएको हो । यसअघि नेपाल समूह चरणमा पनि भारतसँग पराजित भएको थियो । फाइनलमा पनि नेपाल भारतसँग तुलात्मक रुपमा निकै कमजोर रह्यो । भारतीय खेलाडी नेपालविरुद्ध हाबी भएका थिए ।
भारतका दुवै टोली पहिलो संस्करणमा नै च्याम्पियन बनेको छ । आज नै भएको महिलातर्फको फाइनलमा पनि नेपाल उपविजेतामै सिमित बनेको थियो । सोही इन्डोर मैदानमा नेपाल ७८–४० अन्तरले पराजित भयो ।