“संघीयता र लोकप्रियतावाद नेपालका लागि घातक” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

by समतल अनलाइन

बुटवल : अखिल नेपाल बुद्धिजिवि संघ जिल्ला संगठन रुपन्देहिको आयोजनामा संघियता र लोकप्रियतावाद नेपालकालागि घातक विषयक अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव मनोज भट्टले नेपालको सन्दर्भ संघीयता आवश्यक नरहेको बताए । उनले संघीयताले अनावश्यक खर्च बढाएकाले देसले संघीयता धान्न नसक्ने बताए । अधिकांश नेपाली जनताको माग प्रदेश खारेजीको रहेको बताउदै राष्ट्रिय जनमोर्चाले संघीयता खारेजिको लागि आउंदो चैत्र २४ गते देखि ३० गते सम्म काठमाडौं केन्द्रित आन्दोलन गर्ने समेत उनले बताए । लोकप्रियतावाद बेला बेलामा खतरानक रूपमा आउने गरेको समेत उनले बताए । प्रदेसको आम्दानि भन्दा खर्च निकै धेरै भएकाले संघीयता देसकोलागि सबै भन्दा घातक रहेको उनले बताए । प्रदेशको काम केहो प्रदेसले गर्ने काम केहो उनले प्रश्न गरे । ऋण काढेर देशले संघीयता धान्न नसक्ने समेत उनले बताए ।
मार्क्सवादी बिचार मंचका महासचिव बिन बहादुर कुंवरले संघीयता नेपालको सन्दर्भमा ठिक नभएको बताए। नेसपा नयाँ सक्तिका प्रतिनिधि बिष्णु खत्रिले लोक प्रियता बाद बढ्दै गएको बताए ।

प्राध्यापक डाक्टर हिरण्यलाल ज्ञवालिले लोकप्रियतावाद र संघीयता अलग -अलग विषय भएकोले शीर्षक पनि अलग अलग राखेर बहस चलाउन सुझाब दिए । नेकपा बिप्लबका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला सेक्रेटरी बिरेन्द्र सिले सबै बामपंथी हरुले आ आफ्नो समिक्षा गर्नुपर्ने बताए ।
नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य जुध्द बहादुर बिकले संघीयता नेपालको संबिधानसभा बाट दुइतिहाइले पारित गरेको विषय भएको बताए । माओबादी केन्द्रका प्रतिनिधि डाक्टर कृष्ण खनालले संघीयता आवश्यक रहेको तर यसमा बिकृती आएकोले सच्चाउनुपर्ने बताए । क्रान्तिकारी कम्युनिष्ट पाटिका नेता प्रेम सुबेदीले अधिकार सहितको संघीयताको आबस्य रहेको बताए ।

कार्यक्रममा अखिल नेपाल बुद्धिजिवि संघका केन्द्रिय सदस्य तथा रुपन्देहि जिल्ला अध्यक्ष लिला केसिले कार्यपत्र परुस्तुत गरेका थिए भने कार्यपत्रमाथि युबा प्रगतिसिल लेखक रामचन्द्र श्रेष्ठले टिप्पणी गरेका थिए । उनले दलहरु भित्रै एलिटहरुको जन्म भएको बताए । लोकप्रियता बादले मानिसहरुलाई सहिठाउमा नलैजाने बताए लोकप्रियताको पछि लाग्न नहुने समेत उनले बताए ।

कार्यपत्रमाथि टिप्पणी गर्दै प्राध्यापक ईश्वरी प्रसाद बस्यालले सबै पाटिहरुमा लोकप्रियताबाद रहेको बताए यो जहापनि लागुहुने गरेको उनले बताए । त्यो भन्दा म राम्रो हु भन्ने देखाउन लागि पर्ने गरेको समेत उनले बताए । अरुलाई गालिगरेर आफु राम्रो हु भन्ने मनसाय सबैतिर रहेको उनले बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले सोसल मिडियाले गर्दा समाजमा सहि सुचना सहिसमयमा प्रसारण हुन नसक्दा समाजम गाह्रो भएकोले एस्ता खालका कार्यक्रमहरु हुन आबस्यक रहेको बताए । अब बुद्धिजिविहरु एस्ता खालका कार्यक्रममा लाग्नु पर्ने समेत उनले बताए । नेपाल पत्रकार महासंघ रुपन्देहि एस्ता खालका कार्यक्रममा सधै सङ्गै रहने उनले बताए । बुटवल उध्योग बाडिज्य संघका अध्यक्ष हरि अर्यालले लोकप्रियताबाद सबै भन्दा खपत हुने सब्द रहेको बताए । उनले लोक प्रियताबाद भन्दा तानासाहा पर्बिति देखिने गरेको बताए ।

बरिस्ट अधिबक्ता तेज प्रसाद कडेलले संघीयता हाम्रो आबस्यक्ता पनि नभएको र जनताको चाहानापनि नभएको बताए । संघीयता बाध्यताले आएको समेत उनले बताए । सबैभन्दा भस्टाचार सबैभन्दा बेथिति दलहरुमा भएको समेत उनले बताए । सबैभन्दा ठुलो समस्या दलहरुमा भएको उनले बताए ।
प्राध्यापक डाक्टर बाबुराम ज्ञवालिले संघीयता नेपालको सन्दर्भमा दलहरुले नबुझी अंगाल्दा अहिले समस्या आइरहेको बताए ।
नेपाल वार एशोसियन बुटवलका अध्यक्ष गोविन्द मरासिनीले अहिलेका राजनीतिक दलले मुलुकलाई अँध्यारो खाडलतिर धकेलेको बताए । कार्यक्रम हेमराज सर्माको अध्यक्षता हिरालाल धामिको स्वागत गोपाल गैरेको संचालनमा समपन्न भएको थियो ।

 
 
  
 

You may also like