शुद्धोधनमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

by समतल अनलाइन
Shares

नगेन्द्र केसी
शुद्धोधन। रुपन्देहीको शुद्धोधन गाउँपालिकाको संयुक्त आयोजनामा शुद्धोधन गापा वडा नम्बर ३ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ। शुद्धोधन गाउँपालिका र नेपाल नियमित रक्तदाता संघ जिल्ला शाखा रुपन्देहीको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा वडा नं. ३ का अध्यक्ष हेम खड्काको अध्यक्षता र गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि बस्यालले रक्तदातालाई ब्लड व्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभयो। उहाँले हरेक स्वस्थ युवाले नियमित रक्तदान गर्नुपर्ने र रक्तदान जीवन बचाउने पवित्र कार्य भएको उल्लेख गर्दै यस्तो कार्यमा निरन्तर लाग्न आग्रह गर्नुभयो।

शिविरमा ११६ जनाभन्दा बढीले स्वास्थ्य सेवा लिएका थिए भने १३ जना रक्तदाताले रक्तदान गरे। नाक, कान, घाँटी विशेषज्ञ डा. प्रकाश बस्नेत र इन्टर्नल मेडिसिन विशेषज्ञ डा. शाहिल भुसालको उपस्थिति रहेको यो शिविरमा प्राविधिक सहयोग रक्तसंचार केन्द्र बुटवलले गरेको थियो। नेपाल नियमित रक्तदाता संघ जिल्ला शाखा रुपन्देहीका अध्यक्ष अशेष शिलवालले कार्यक्रमबारे जानकारी दिनुभयो।

शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले स्वागत मन्तव्य राख्नुभएको यस कार्यक्रम शुद्धोधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले सञ्चालन गर्नुभएको थियो।

You may also like