भिजन लुम्बिनी लिमिटेडको नवौँ साधारणसभा सम्पन्न, पोखरेल पुनः अध्यक्ष चयन

by समतल अनलाइन
Shares

बुटवल। भिजन लुम्बिनी लिमिटेडको बुटवलमा सम्पन्न नवौँ साधारणसभाले जगतबहादुर पोखरेललाई पुनः अध्यक्षमा चयन गरेको छ। साधारणसभाले संचालक समितिमा कुलबहादुर केसी, गिरिप्रसाद गैरे, कुशव कुवर, मोहनलाल जोशी, महाप्रसाद सुवेदी, शिवप्रसाद पाण्डे, राजिब गौतम, कमला पोखरेल शर्मा पराजुली, प्रकाश पौडेल र टेकराज रेग्मीलाई सर्वसम्मत निर्वाचित गरेको निर्वाचन अधिकृत महेन्द्र पाण्डेले जानकारी दिएका छन्।

अध्यक्ष पोखरेलले उद्घाटन सत्रमा भिजनले “सामूहिक समृद्धिका लागि लगानी” भन्ने नारालाई स्थापित गर्दै अघि बढिरहेको बताए। उनले पोखरामा २५ मेगावाटको जलविद्युत परियोजना सफलतापूर्वक सम्पन्न गरी विद्युत उत्पादन थालनी गरिएको जानकारी पनि दिए।

आगामी योजनाहरूमा ट्रमा सेन्टर निर्माण, एकीकृत कृषि, सौर्य ऊर्जा उत्पादन, विद्युत आयोजना सर्वेक्षण तथा निर्माण अनुमति लिने, र उत्पादनमुखी कम्पनी सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

साधारणसभाले अध्यक्षको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै उत्कृष्ट योगदान पुर्‍याउने लगानीकर्ता, कर्मचारी, पत्रकार जीवन भण्डारी र कपिल ज्ञवालीलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरेको छ।

यसैगरी, भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको पाँचौँ र छैटौँ वार्षिक साधारणसभा पनि बुटवलको कालिकानगरस्थित दियालो फुडल्याण्डमा सम्पन्न भयो। सभाले जगतबहादुर पोखरेललाई पुनः अध्यक्ष चयन गर्दै सुदिपसिंह अधिकारी, बमबहादुर गुरुङ, हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडका प्रतिनिधि राजेन्द्र अधिकारी र नेहा अग्रवाललाई संचालक समितिमा निर्वाचित गर्यो।

सभाले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ।

बोल्ने वक्ताहरूले सामूहिक लगानीले आर्थिक समृद्धिको ढोका खोल्ने भन्दै भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले छोटो समयमै उत्कृष्ट कार्य गरेको प्रशंसा गरेका छन्।

You may also like

This will close in 0 seconds