नेपाल निजामती कर्मचारी युनियन शुद्धोधनको दोस्रो अधिवेशन सम्पन्न

by समतल अनलाइन
Shares

नगेन्द्र केसि
नेपाल निजामती कर्मचारी युनियन शुद्धोधनको दोस्रो अधिवेशन आज रिद्धिसिद्धि पार्टी प्यालेस फर्साटिकटमा सम्पन्न भएको छ। नेपाल निजामती कर्मचारी युनियन शुद्धोधनका अध्यक्ष सुमेन्द्र राज जोशी घिमिरे ज्यूको अध्यक्षता सुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्याल ज्यूको प्रमुख आतिथ्यतामा र सचिव हरिप्रसाद पोख्रेलको सञ्चालनमा सम्पन्न भएको छ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य रमेश खनाल, नेपाली कांग्रेस सुद्धोधनका पार्टी सभापति दामोदर पौडेल, नेपाली निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्यहरू हरिप्रसाद ज्ञवाली, नवीनकुमार पन्थी ,सुनिल लामिछाने , नेपाल स्वास्थ्यकर्मी सघका केन्द्रीय सदस्य मदन पोखरेल सुमन, नेपाल निजामती कर्मचारी युनियन प्रदेश सचिव भगवती पन्थी, शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशाससिक अधिकृत विष्णुबहादुर घर्ती, शुद्धोधन गाउँपालिकाका निर्वाचित वडाध्यक्षहरु श्री कमल खड्का क्षेत्री,चन्द्रभान चौधरी , भीम नारायण चौधरी, नेपाल ट्रेड युनियन कांग्रेस रुपन्देहीका अध्यक्ष रामप्रसाद ढकाल, नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डे, नेपाल निजामती कर्मचारी युनियन प्रदेश सल्लाहकार ईश्वरी आचार्य, शिव पंगेनी, प्रदेश सदस्य वविता न्यौपाने
निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन रुपन्देहीका उपाध्यक्ष भोजराज न्यौपाने, नेपाल निजामती कर्मचारी रुपन्देहीका पूर्व अध्यक्ष मोहनकुमार नेपाल, नेपाली निजामती कर्मचारी युनियन प्रशिक्षण विभाग सदस्य दीपक घिमिरे, सैनामैना नगरपालिकाका इन्जिनियर सुरज न्यौपाने लगायत नेपाल निजामती कर्मचारी युनियनमा आस्था राख्ने युनियनकर्मीहरूको उपस्थितिमा सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा अन्य अतिथिज्यूहरूले अधिवेशनको लागि शुभकामना व्यक्त गर्दै युनियनलाई अगाडि बढाउन र कर्मचारीहरूको हकहितको लागि काम गर्न आफूहरूको सधैँ साथ र सहयोग रहने बताउनुभएको छ।
नेपाल निजामती कर्मचारी युनियन शुद्धोधनको दोस्रो अधिवेशनबाट अध्यक्षमा अर्जुन भण्डारी, उपाध्यक्षमा गौरव लामिछाने र गुन्जेश्वरी चौधरी, सचिवमा हरिप्रसाद पोख्रेल, सहसचिवमा रमेश रेग्मी, कोषाध्यक्षमा मोहन पुरी, सदस्यहरूमा सुमेन्द्र राज जोशी घिमिरे, मदन पोखरेल सुमन, लक्ष्मण खत्री, रेखा कुमारी गौतम, बिमला पोखरेल, माधव चौधरी र ओमनाथ यादव सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको व्यहोरा निर्वाचन अधिकृतले जानकारी गराउनुभएको छ।

You may also like