145
अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १७ पुगेको छ ।
सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस नरपानीमा दुर्घटना हुँदा १० जनाको घटनास्थलमै र बाँकी ७ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । ज्यान गुमाउनेमा १० जना महिला र ७ जना पुरुष रहेका छन् ।