सिद्धार्थ गौतम बुद्ध क्याम्पस: उत्कृष्ट नतिजाको निरन्तरता र विद्यार्थी सम्मान

by समतल अनलाइन
381Shares

बुटवल। बुटवलको हाटबजारस्थित सिद्धार्थ गौतम बुद्ध क्याम्पसले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ। आज आयोजित एक विशेष समारोहमा बी.एड्. चौथो वर्षमा ७५.६ प्रतिशत अंक ल्याई लुम्बिनी प्रदेश प्रथम हुने सीमा बुढा र बी.बी.एस. चौथो वर्षमा ७३.६ प्रतिशत अंक ल्याई क्याम्पस प्रथम हुने सुशील घिमिरेसहित अन्य मेधावी विद्यार्थीहरूलाई सम्मान गरिएको हो।

क्याम्पस प्रमुख कृष्णप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न विभाग प्रमुख, प्राध्यापक, र पूर्व क्याम्पस प्रमुखहरूको उपस्थिति रहेको थियो। सम्मानित विद्यार्थीहरूलाई प्रमाणपत्र, खादा, र मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले गायन, सांस्कृतिक नृत्य, कविता, र कमेडी प्रस्तुत गरेका थिए।

कार्यक्रमका क्रममा क्याम्पस प्रमुख शर्माले सिद्धार्थ गौतम बुद्ध क्याम्पसले विगत केही वर्षदेखि जिल्लादेखि राष्ट्रिय स्तरसम्म उत्कृष्ट नतिजा ल्याउँदै आएको उल्लेख गर्दै यस उपलब्धिलाई आगामी दिनमा थप उचाइमा पुर्याउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।

स्नातकोत्तर तहमा एम्.एड्. (नेपाली, अङ्ग्रेजी, स्वास्थ्य, र पाठ्यक्रम) र एम्.बी.एस.मा भर्ना खुलिसकेको जानकारी पनि कार्यक्रममा दिइएको थियो।

Comments

You may also like

This will close in 0 seconds