110
काठमाडौं । काठमाडौंका पूर्व मेयर पीएल सिंहको निधन भएको छ । पूर्वमन्त्री समेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज (सोमबार) बिहान निधन भएको हो ।
उनी २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए । ८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए । गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो । उनले लौहपुरुष गणेशमान सिंहका प्रमुख सहयोगी भएर पनि काम गरेका थिए ।
previous post