बोटेमाझी र विपन्न विद्यार्थीलाई शिक्षाको साथ: भविष्य बोक्ने झोला र सामाग्री वितरण

by समतल अनलाइन
445Shares

बुटवल ।रुरु गाउँपालिका–५, आटिपाटास्थित जनजागरण आधारभूत विद्यालयका २० जना बोटेमाझी तथा विपन्न परिवारका विद्यार्थीहरूलाई “भविष्य बोक्ने झोला” र शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ। लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीको आयोजनामा सम्पन्न भएको यस कार्यक्रमले शैक्षिक सामग्री अभावमा पर्ने विद्यार्थीहरूलाई सहयोग पुर्‍याएको छ।

कार्यक्रमका प्रमुख अतिथि रुरु गाउँपालिका–५ का वडाध्यक्ष हरि प्रसाद ज्ञवालीले शैक्षिक सामग्रीले विद्यार्थीहरूको भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै सामाजिक संस्थाहरूले यस्ता सहयोगात्मक कार्यक्रम अघि बढाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

क्लबका अध्यक्ष आत्मराम भण्डारी (गोकुल)को सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष भण्डारीले सहयोगी हातहरूप्रति विशेष आभार व्यक्त गर्दै भने, “बिपन्न विद्यार्थीहरूलाई शिक्षामा प्रेरित गर्न र उनीहरूको सपना साकार पार्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्नेछ। विभिन्न माध्यमबाट यस अभियानलाई सफल बनाउन सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिन चाहन्छु।”

कार्यक्रमले विद्यार्थीहरूलाई मात्र नभई उनीहरूको परिवारलाई पनि सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। कार्यक्रममा क्लबका अन्य सदस्य, शिक्षक, अभिभावक, र स्थानियहरूको पनि उपस्थिति रहेको थियो।

यस किसिमका सहयोगात्मक कार्यक्रमले शैक्षिक विकास र सामाजिक उत्तरदायित्व बहन गर्ने दिशामा समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

Comments

You may also like

This will close in 0 seconds