256
काठमाडौं । काठमाडौं स्वयम्भूबाट पक्राउ परेका गण्डकीका प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को कार्यालय पुर्याइएको छ । प्रहरीले उनलाई स्वयम्भूस्थित एक घरबाट पक्राउ गरेको हो ।
उनलाई केही समयमा अदालतमा उपस्थित गराइने सीआइबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् । उनी आजै जेल चलान हुने बताइएको छ । गत २० कात्तिकमा सर्वोच्च अदाललतले उनलाई दोषी ठहर गरी पाँच वर्ष कैद सजाय सुनाएको थियो । त्यसलगत्तै फरार भएका मनाङे एक सातापछि पक्राउ परेका हुन् । सो मुद्दामा उनी यसअघि करिब साढे दुई वर्ष जेल बसिसकेका थिए । बाँकी अवधि उनी जेलमा बस्नुपर्ने हुन्छ।
previous post