257
काठमाडौं । पार्टी सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्ताहरू थप आक्रोशित बनेका छन् । म्याद थपको आदेशपछि थप आक्रोशित रास्वपा नेता–कार्यकर्ताहरूले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेका छन् ।
बिहीबार कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएपछि रास्वपाका कार्यकर्ताहरू निषेधित क्षेत्र तोडेर प्रदर्शनमा उत्रिएका हुन् । वाई चोकमा धर्ना दिइरहेका उनीहरू अदालतको निर्णयपछि निषेधित क्षेत्र तोडेर राष्ट्र बैंक चोकमा नाराबाजीमा उत्रिएका हुन् ।