144
मोरङ । कोशी ब्यारेजबाट आज (बिहीबार) साँझ एउटा बस सप्तकोशी नदीमा खसेको छ ।विराटनगरबाट गाईघाट जाँदै गरेको यात्रुवाहक बस साँझ करिब ६ः०५ बजेतिर कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको हो ।
बस खसेको जानकारी आएपछि प्रहरी टोली खटिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिएका छन् । बस खसेको प्रारम्भिक जानकारी आएको तर थप विवरण खुलिनसकेको बताउँदै उनले भने, ‘हामी घटनास्थलतर्फ जादैछौं ।’

सुनसरीका प्रमुख जिल्ला अधिकारीका अनुसार २० जनाको उद्धार भएको छ । बसमा कति यात्रु थिए भन्ने पुष्टि भएको छैन । बस अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको हो ।