फुलबारी गाईज बुटवल बिजयी

by समतल अनलाइन
242Shares

बुटवल।रुपन्देहीमा जारी ३६ अौ झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा फुलबारी गाईज बुटवल बिजयी भएको छ। स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा बुधबार भएको खेलमा भैरव एफसी नवलपरासीलाई ३-० गोल अन्तरले पराजित गर्दै फुलबारी गाईज अन्तिम आठमा स्थान बनाएको हो।

निक्कै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोल हुन सकेन।खेलको ५५ मिनेटमा फागुराम चौधरीले गोल गरेर टिमलाई अग्रता दिलाए।खेलको ७९ अौ मिनेटमा अजित गुरुङले गोल गरे। राज भुषालको क्रशमा गुरुङले दोस्रो गोल गरे। खेलको अतिरिक्त समयमा फागुराम थारुले ब्यक्तिगत दोस्रो तथा टिमलाई विजयी गोल गरे। उनि खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए।

विहिबारदेखि क्वाटरफाईनलको खेल हुने खेल संयोजक विजय पुनले बताए। पहिलो क्वाटरफाईनलमा लिस्नु युथ क्लब र न्यु सिर्जना एफसीका बिचमा खेल हुने उनले बताए।

Comments

You may also like