गुल्मी बम्घा रुपन्देही सम्पर्क समाजद्वारा संविधान दिवसमा दिप प्रज्वलन

by समतल अनलाइन
331Shares

बुटवल । ९ औं संविधान दिवसको अवसरमा गुल्मी बम्घा रुपन्देही सम्पर्क समाजले दिप प्रज्वलन तथा दिपावली गरेको छ। बिहीवार साझ तिलोत्तमा नगरपालिकास्थित शंकरनगर चोकमा दिप प्रज्वलन तथा दिपावली गरेको हो।

दिप प्रज्वलन कार्यक्रममा बोल्दै गुल्मी बम्घा रुपन्देही सम्पर्क समाजका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले कार्यक्रममा उपस्थित सम्पुर्णमा धन्यवाद तथा आभार ब्यक्त गर्दै राष्ट्रिय मुद्दामा समेत आम नागरिकले चासो राख्नुपर्ने बताउनु भयो।

उहाँले बिबिधता बिचको एकतासंगै सबै बर्ग र भुगोलका जनताले अपनत्व कायम गर्ने गरि संविधानमा थप केही सुधार गर्दै अगाडी बढ्नुपर्ने बताउदै अहिले जनताको संविधान माथी विभिन्न समूह र राजनैतिक रङ्ग देखाएर असफल पार्ने खेल भैरहेकोले सो तर्फ समेत चनाखो हुनुपर्ने बताउनु भयो।

कार्यक्रममा समाजका पदाधिकारी ,बुद्धिजीवी , समाजसेवी लगायतको सहभागिता रहेको थियो।

Comments

You may also like

This will close in 0 seconds