163
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी सुरू भइसकेको बताएकी छन् । आज संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले मोदीले नेपाल भ्रमणको समय मिलाउन टीमलाई निर्देशन दिइसकेको बताएकी हुन् ।
‘भारत भ्रमणको क्रममा मैले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको तर्फबाट भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूलाई व्यक्त गर्नु भएको न्यानो अभिवादन शुभकामना प्रवाह गर्नुका साथै नेपालको राजकीय भ्रमणका लागि उहाँले दिनु भएको नियन्त्रणालाई पनि औपचारिक रुपमा हस्तान्तरण गरें । त्यसको उहाँले सहर्ष स्वीकार गरेर आफ्नो टिमलाई भ्रमणको एउटा टाइम बनाउनु भनेर त्यही बेलामा आदेश पनि गर्नु भएको थियो,’ उनले भनिन् ।