147
काठमाडौँ । डा. मुकुन्द ढकालले आफूमाथि गरिएको कारवाहीबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पुनरावेदनको निवेदन दिएका छन् ।
ढकालले आफूलाई महामन्त्री पदबाट हटाएको विषयमा पुनरावेदन निवेदन दिएको जानकारी दिएका हुन् । उनले आफूलाई पार्टीले हटाउने निर्णय गरेको ३५ औं दिन मात्र सोसम्बन्धी पत्र प्राप्त गरेको भन्दै आइतबार पार्टीको पुनरावेदन समितिमा निवेदन दिएको बताएका छन् ।

उनले आफ्नो निवेदनमा पार्टी सभापतिविरुद्ध बोलेकै भरमा आफूमाथि कारवाही गरिनु निरंकुश शैली भएको उल्लेख गरेका छन् । उनले पार्टी सभापतिमाथि सहकारी रकम ठगी, पासपोर्ट दुरुपयोग जस्ता आरोप लागेको र आफूले सोको विरोध गरेको निवेदनमा उल्लेख गरेका छन् ।