4.5K
			
		
		
			
            
				            
			
			        
    काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ । उनीहरुबीच बुधबार दिउँसो भेटवार्ता भएको हो । उनीहरुबीच द्विपक्षीय हितको विषयमा कुराकानी भएको बताइएको छ ।
चौथाइवाले तीन वर्षअघि नेपाल आउँदा राणाले भाइको रुपमा राखी बाँधेकी थिइन् । भारतको पाँच दिने भ्रमणमा गएकी राणाले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेकी थिइन् । मन्त्री राणा बिहीबार दिउँसो स्वेदश फर्किने कार्यक्रम रहेको छ ।
 
			        

 
												 
														

