लियो क्लवद्वारा बुटवल माविमा पंखा हस्तान्त्रण

by समतल अनलाइन
365Shares

बुटवल । भौतिक तथा शैक्षिक बिकासको पर्खाईमा रहेको बुटवलको सबैभन्दा पुरानोे बिद्यालय बुटवल मा.वि.मा एक कार्यक्रमका बिच पंखा हस्तान्तरण गरिएको छ । बिसं २००८ सालमा स्थापना भएको बुटवल मा.बिको भौतिक तथा शैक्षिक बिकासमा टेवा पुराउने उद्देश्यले लियो क्लव अफ मणिमुकुन्दले ६ थान पंखा उपलब्ध गराएको हो ।

क्लवका संस्थापक परिवारका स्व. तेजबहादुर श्रेष्ठको स्मृतिमा आयोजित पंखा हस्तान्तरण कार्यक्रममा बोल्दै पुर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष माधवप्रसाद प्रधान, बिद्यालयका प्रधानाध्यापक होम बहादुर रायमाझी लगाएतले बुटवलको ईतिहास बोेकेको बिद्यालयको भौतिक तथा शैक्षिक बिकासमा सरोकारवालाले ध्यान दिनुपर्ने बताए ।

बिद्यालयले पछिल्लो समय शैक्षिक बिकासका लागि मासिक, त्रैमासिक, अर्धबार्षिक तथा बार्षिक कार्ययोजना बनाएर बिभिन्न गतिबिधीहरु संचालन गर्ने निर्णय गरेको छ । बिद्यालयका प्रधानाध्यापक रायमाझीले भौगोलिक हिसावले पहिले उत्तम मानिएको यो बिद्यालय पछिल्लो समय बिकासका योजनाहरु बनाए पनि बजेटको अभावमा बिभिन्न समस्याहरु झेल्दै आएको गुनासो गरेका छन् ।

Comments

You may also like

This will close in 0 seconds