पोखरामा पहिरोले घर पुर्दा एकै परिवारका सातसहित नौं जनाको मृत्यु, दुई जना बेपत्ता

by समतल अनलाइन
Shares

पोखरा । लगातारको वर्षाका कारण पहिरो जाँदा कास्कीमा एकै परिवारका सातसहित नौं जनाको ज्यान गएको छ भने दुई जना बेपत्ता भएका छन् । पोखरा–महानगरपालिका–१२ पुरनचौरमा एकै परिवारका सात जनाको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

बिहीबार राति सवा १० बजेतिर खसेको पहिरोमा पुरिएर ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र तल्लाकोट बस्ने राधिका परियारको ज्यान गएको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी वसन्तकुमार शर्माले जानकारी दिएका छन् ।

छोरी–ज्वाइँसहित सबै परिवार नै घरमा जम्मा भएर बसिरहेका बेला खसेको पहिरोले पुरेको र राधिकाको चाहिँ उद्धारका क्रममा मृत्यु भएको शर्माले बताए । यस्तै पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । ११ वर्षीया अनुस्का ओझा बेपत्ता छिन् ।

यस्तै मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ पनि बेपत्ता छिन् । ओमबहादुर गुरुङलाई सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ । मृत्यु भएका सबैको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको छ ।

You may also like

This will close in 0 seconds