273
स्याङजा । स्याङ्जामा पहिरोले घर पुर्दा आमा–छोरीको ज्यान गएको छ । फेदीखोला गाउँपालिका–५ बाँगेमा गए राति पहिरोले घर पुर्दा सुतिरहेका ३१ बर्षीय दुर्गा जिटी र उनकी तीन बर्षकी छोरी निकिसा जिटीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।
जिटीको ढुङ्गा माटो र टिनले छाएको एक तले घर र गोठ पुरेको हो । घरमाथिबाट आएको पहिरोले घर तथा गोठ पूर्ण रूपमा क्षति भएको प्रवक्ता रानाले बताए ।
