187
बैतडी । नुहाउने क्रममा महाकाली नदीमा डुबेर बैतडीकी एक बालिकाको ज्यान गएको छ भने एक जना बेपत्ता भएकी छन् । मृत्यु हुनेमा जिल्लाको शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँड रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए ।
शिवनाथ गाउँपालिका–१ कुस्मतघाटस्थित महाकाली नदीमा शनिबार १० बजेतिर नुहाउने क्रममा डुबेर रजनी बेपत्ता भएकी र डुबेको केही बेरपछि नेपाल प्रहरी र स्थानीय बासिन्दाले उनको मृत अवस्थामा उद्धार गरेको थियो । रजनीसँगै महाकालीमा नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड बेपत्ता छिन् ।
previous post