377
पाल्पा । पाल्पा र मकवानपुरमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीस्थित डाँडागाउँका ५६ वर्षीय बिमलप्रसाद पन्त रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।
गए राति करिब ८ बजेतिर परेको चट्याङले उनलाई लागेको हो । घरमै बसिरहेका बेला चट्याङले लागेको थियो । गम्भीर घाइते पन्तलाई उपचारका लागि जिल्लाको सदरमुकाम तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदा राति सवा १० बजे तिर चिकित्सकले मृत घोषणा गरेका श्रेष्ठले बताए। पाल्पा अस्पतालमा शव पोष्टमार्टम गरेर आफन्तलाई बुझाइएको छ ।
previous post