242
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा श्रमाधान रोजगार मेला आज (बिहीबार) देखि शुरू हुँदैछ । मन्त्रालयले आयोजना गर्न लागेको श्रमाधान कार्यक्रम सात वटै प्रदेशमा आजदेखि ३० जेठसम्म सञ्चालन हुनेछ ।
आज कोशी प्रदेशको विराटनगरबाट मेला शुरू हुँदै छ । विराटनगरबाट शुरू हुने मेला ३० गते बागमती प्रदेशको ललितपुरमा आएर सम्पन्न हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १७ र १८ जेठमा कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुरमा १९ र २० जेठ, गण्डकी प्रदेशको पोखरामा २१ र २२ जेठ, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ जेठ, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ जेठ, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ र बागमती प्रदेशको ललितपुरमा २९ र ३० जेठमा मेला आयोजना हुने कार्यक्रम तय भएको छ ।
previous post