बुटवल । गयराती रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गएराती तिलोत्तमा नगरपालिका वडा नं ४ ड्राईभरटोलमा भएको मोटरसाईकल दुर्घटनामा २४ बर्षिय बिवेक डुम्रेको मृत्यु भएको छ।
तिलोत्तमा नगरपालिका वडा नं ६ का बासिन्दा डुम्रेले चलाएको लु ३१ प १६४२ नंम्वरको मोटरसाईकल गएराती १०ः३० बजे अनियन्त्रीत भई पल्टिदा गम्भिर घाईते भएका थिए। गम्भिर घाईते उनको उपचारको क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ।

त्यसैगरी बुटवल उपमहानगरपालिका वडा नं २ स्थीत जितगढीमा भएको मोटरसाईकल दुर्घटनामा सैनामैना नगरपालिका वडा नं ४ बस्ने ४२ बर्षिय गोबिन्द अर्यालको मृत्यु भएको छ। प्रहरीका अनुसार अर्यालले चलाएको प्रदेश नं ३ – २००२ प २०३६ नम्वरको मोटरसाईकल राती १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्टिएको थियो।
मोटरसाईकल पल्टिदा गम्भिर घाईते भएका अर्याललाई उद्धार गरि उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल लगिएकोमा राती पौने १ बजे उपचारको क्रममा उनको मृत्यृ भएको प्रहरीले जनाएको छ।