385
बुटवल । बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक महिलाको ज्यान गएको छ । ठक्करबाट दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका– ११ बस्ने कमला नेपाली छन् । बुटवल ११ कै ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठडराई घाइते भएका छन् ।
अर्घाखाँचीबाट बिरामी लिएर बुटवलतर्फ आउँदै गरेको जिल्ला अस्पताल अर्घाखाँचीको लु १ ज ५३१ नम्वरको एम्वुलेन्सले बुटवल उपमहानगरपालिका– १३ झोलुङ्गे पुल नजिकै उनीहरूलाई ठक्कर दिएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बिहान करिब ५ बजे बाटोमा ‘मर्निङ वाक’ मा निस्किएका उनीहरु एम्बुलेन्सले ठक्कर दिएपछि घाइते भएका थिए ।