302
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दीपेन्द्रसिंह ऐरी टी–२० क्रिकेट विश्व वरीयताको अलराउण्डरतर्फ शीर्ष १० मा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज सार्वजनिक गरेको वरीयतामा दीपेन्द्र एक स्थान सुधार गर्दै १० औँ स्थानमा पुगेका हुन् । उनी टी–२० अलराउण्डरको वरीयतामा एशोसिएट राष्ट्रतर्फ पहिलो नम्बरमा छन् ।
दीपेन्द्र यसअघि टी–२० वरीयताको अलराउण्डरतर्फ ११ औं स्थानमा थिए । यस्तै टी–२० वरीयताको अलराउण्डरतर्फ कुशल मल्ल ३३ औं र गुल्सन झा ६१ औं स्थानमा यथावत रहँदा कप्तान रोहितकुमार पौडेल एक स्थान तल झर्दै ६६ औं स्थानमा छन् । यस्तै करण केसी एक स्थान सुधार गर्दै ७४ औं स्थानमा उक्लिएका छन् ।
previous post