331
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ चलिरहेको छ । उच्च अदालत पाटनमा मंगलबारदेखि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ जारी छ ।
लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको फेसला मंगलबार नै आउने भनिए पनि बहस नसकिएपछि आज अन्तिम सुनुवाइ चलिरहेको छ । आजको अन्तिम सुनुवाइपछि फैसला आउने तयारी भइरहेकाले त्यहाँको सुरक्षा व्यवस्थामा कडाइ बनाइएको छ ।
previous post