358
काठमाडौं । आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम आज (मंगलबार) पेस हुँदैछ । नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा पेस गर्ने कार्यसूची छ ।
सरकारको नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा राष्ट्रपतिले वाचन गर्ने परम्परा छ । यसका लागि मंगलबार दिउँसो ३ बजेका लागि संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ । संघीय संसद सचिवालयले २ः४५ भित्र औपचारिक पोशाकमा संसद हलमा प्रवेश गरिसक्न सांसदहरूलाई सूचना जारी गर्दै आग्रह गरिसकेको छ । तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने संसद अवरुद्ध गर्ने तयारी गरेको छ ।
previous post