244
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम यही महिना ल्याउने भएको छ । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम यही ३० गते ल्याउने सरकारको तयारी गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा संसदबाट बजेट सार्वजनिक गर्नुपर्छ । त्यसअघि नीति तथा कार्यक्रम ल्याउने गरिएको छ । संसदमा नीति तथा कार्यक्रम सरकारका तर्फबाट राष्ट्रपतिले प्रस्तुत गर्नेछन् ।
previous post