गुल्मी । गुल्मीको मदाने गाउँपालिका – ७, भनभनेमा आगलागीबाट ३ वटा घरगोठ जलेर नष्ट भएका छन् । स्थानीयको खरबारीमा लागेको आगो बस्तीमा सल्किँदा ३ वटा घर–गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
भनभनेको दीपक माध्यमिक विद्यालय नजिकैको वनबाट फैलिएको आगो बस्तीमा फैलिएपछि स्थानीय यमबहादुर घर्तीको ढुंगाले छाएको २ तले घर जलेर पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पाेखरेलले बताए ।

त्यस्तै आगलागीबाट सोही वडाका सोमबहादुर घर्तीको ढुंगाले छाएको २ तले कच्ची घर, बंगालो र एउटा मिलसमेत जलेर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीका कारण घरबारविहीन भएका नागरिकलाई गाउँमै सुरक्षित स्थानमा राखिएको छ। आगलागीबाट दीपक माध्यमिक विद्यालयको २ वटा शौचालय जलेर नष्ट भएका छन् । स्थानीयका परालको टौवा, दाउरा राख्ने कटकुरो, आरा मेसिन पूर्णरुपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ ।