बम्घा रुपन्देही सम्पर्क समाजको सुभकामना तथा रक्तदान कार्यक्रम सम्पन्न

by समतल अनलाइन
Shares

बुटवल । बम्घा रुपन्देही सम्पर्क समाजको नयाँ बर्ष २०८१ को अवसरमा सुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

समाजका अध्यक्ष कृष्ण प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष देविदत्त गिरि रहेको थियो भने सचिव प्रकाशलाल श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए। त्यसैगरी उपाध्यक्ष रुद्र ज्ञवालीले स्वागत मन्तब्य राखेका थिए।

समाजका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले सदस्यहरूलाई सुभकामना दिदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

बलेटक्सार रुपन्देही सम्पर्क समाजका पुर्व अध्यक्ष हेम थापा,नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको समाजका कोषाध्यक्षमा सरोज ज्ञवाली बताए।साथै सो अवसरमा पदस्थापन कार्यक्रम पनि गरिएको थियो ।

You may also like

This will close in 0 seconds