रक्तदान अभियान्ता भण्डारीको जन्मदिनमा बुटवलमा रक्तदान

by समतल अनलाइन
Shares

बुटवल।नेपाल नियमित रक्तदाता संघका केन्द्रिय समिती वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारीको जन्मदिनको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम गरिएको छ।
रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा केन्द्रमा गरिएको रक्तदानमा ५५ युनिट रगत संकलन गरिएको हो।

होटल तथा रेस्टुरेन्ट ब्यवसायी संघका रुपन्देही जिल्ला अध्यक्ष समेत रहेका अभियान्ता भण्डारीले जन्मदिनको अवसरमा फजुल खर्च अन्त्य गरि सामाजिक क्षेत्रमा लगानी लगाउदै रक्तदान गरौ भन्ने अभियानका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको भण्डारीले बताए।

बुटवल उपमहानगरपालिका वडा नम्बर ४ अध्यक्ष नरिश्वर शर्मा पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भएको कार्यक्रममा भएको कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष दया बहादुर शिलवाल, प्रमुख सल्लाहकार बिमल बहादुर शाक्य, महासचिव दिपक अधिकारी लगायतले जन्मदिनमा हुने सामाजिक कार्य गरिने उल्लेख गरे।

साथै संघले बिहीबार नै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई स्वागत गर्दै २० पुस्तक किनेर सहयोग गरेको हो।

You may also like

This will close in 0 seconds