भारतका ब्रेन मास्टर खेलाडी सुधिर कुमार सिन्हाले जिते उपाधी

by समतल अनलाइन
247Shares

बुटवल ।अंग्रेज सेनालाई जितगढी किल्लामा पराजित गर्ने कर्णेल उजिर सिंह थापाको स्मृतिमा पाँच दिने अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आज सम्पन्न भएको छ। बुटवल उपमहानगरपालिका बेलबास –१३ मा सम्पन्न क्लासिकल चेस खेलमा ८ अंक जोड्दै भारतीय १९६८ रेटेड खेलाडी सुधिर कुमार सिन्हा प्रथम भएका छन् ।

सिन्हाले पुरा खेल अपराजित रहँदै आकर्षक ट्रफि सहित नगद रु. २ लाख १ हजार प्राप्त गरेका छन्। यससँगै सो प्रतियोगिताको अन्तिम समयसम्म पहिलो स्थान ओगटिरहेका रुपेश जैसवाल दोश्रो स्थानमा चित्त बुझाउन बाध्ये बनेका छन् । रुपेशले ८ अंकमै रहेर पनि अपराजित रहँदै नगद पुरस्कार रु.१ लाख १०हजार प्राप्त गरेका छन् ।

प्रतियोगिता संयोजक माधव प्रसाद प्रधानका अनुसार डाइरेक्ट इन्काउण्टर, प्रोग्रेसिभका आधारमा खेलाइएको प्रतिस्पर्धामा रुपेशले आफ्नै नेपाली खेलाडीहरुको नतिजावाट प्रभावित हुनु परेको छ । सुधिरसंग दोश्रो वोर्डमा खेलिरहेका कृष्णथापाले बराबरी खेले मात्र पनि रुपेशले उपाधि जित्ने पक्कापक्कि थियो। उक्त खेलमा कृष्णथापाले कालो गोटीवाट सिसिलियन डिफेन्स क्लोज भारियसनवाट सुधिरलाई जवाफ दिएका थिए।

दशौं चालमा अनुभवी कृष्णको पाउन आइसोलेट हुन पुगे। २९ औं चालमा दुई पाउन डाउन भए पनि एण्टी बिसपका कारण खेल अनिवार्य बराबरमा देखिन्थ्यो। तर ३३ औं चालमा आएर कृष्णले जानी अञ्जानी आर सि सेभेन चाल्न पुगे जसको तुरुन्त फाइदा लिदै सुधिरले बिसप डि फाइभ चाल्दै रुक एक्सचेञ्ज लिन सफल भए र कृष्णले पराजित आत्मसाथ गरे।

उता तेस्रो वोर्ड सजिन महर्जन र सुरज महर्जन बिच घमासान चलिरहेको थियो। सजिनले जिते रुपेशको पहलो हुने आश थियो। सेतो गोटिवाट इफो डि सिक्स, डिफो नाइट एफ सिक्स, नाइट सि सिक्स सिसिक्स खेल प्रारम्भ भएको थियो। सजिनले २१ औं चालमा प्रोटेक्सनमा रहेको इफो पाउन इफाइभमा सित्तै बलिदान दिए र बराबरी नै देखिने खेलको २३ औं चालमा परित्याग गरे। उनी आफु जिते तेश्रो हुने थियो। तर भाग्यमानी सुरज महर्जन एकल ७.५ अंक जोडेर तेश्रो स्थानमा उभिदै नगद रु. ६० हजार हात पार्न सफल बने।

प्रतियोगितामा नेपालका तिर्थ बिकले चौथोस्थान हासिल गरि रु. ४० हजार र भारतका रिशव निशादले पाँचौ स्थान रु. ३० हजार पुरस्कार जितेका छन् । छैटौं देखि दशौं स्थानसम्मका राघव श्रीवास्तव, कृष्णथापा, सजिन महर्जन, प्रखर त्रिपाठी र विपुल शुभमषी प्रत्येकले २०÷२० हजार प्राप्त गरेका छन् ।

त्यसैगरी एघारौंदेखि पन्ध्रौंसम्मका वृष्टि मुखर्जी, मिथिलेष श्रीवास्तव, आशिष फूँयाल, विनायक र पुरुषोत्तम चौलागाईं प्रत्येकले १५÷१५ हजार नगद प्राप्त गरेका छन् । एवं सोह्रदेखि बिसौ स्थानमा एम.डि.जमाल उद्दिन, आशुतोष, दिलिप त्रिपाठी, रोशन कुमार र संजय काफ्ले प्रत्येकले १३÷१३ हजार नगद पुरस्कार प्राप्त गर्न सफल भएका छन्।

आजै भएको पुरस्कार वितरण एवं समापन समारोहका प्रमुख अतिथि बुटवल उप महानगरपालिकाका मेयरले खिलराज पाण्डेले ७१ जना खेलाडीहरुलाई जम्मा १० लाख १ हजार नगद पुरस्कारवाट सम्मान गरेका छन्। मेयर खिलराज पाण्डेले कर्णेल उजिर सिंहको नाममा हरेक वर्ष प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। कार्यक्रमका संयोजक माधवप्रसाद प्रधानले अन्तर्राष्ट्रिय आर्विटर सहित सिनियर राष्ट्रिय आर्विटरहरुलाई सम्मान गरेका थिए।

Comments

You may also like

This will close in 0 seconds