843
बुटवल । तिलोत्तमा-४ डिङ्गरनगरस्थित घरदैलो बचत तथा ऋण सहकारीको आयोजनामा बुटवलमा रक्तदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
बुटवलस्थित रक्तसञ्चार सेवा केन्द्रमा आयोजना गरिएको कार्यक्रममा सहकारीका सेयर सदस्य, कर्मचारीलगायत ४५ जनाले रक्तदान गरेका थिए । सोही कार्यक्रममा बर्ष २०८१ सालको भित्तेपात्रो समेत विमोचन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कन्सल्ट्यान्ट जनरल फिजिसियन डा प्रकाश भट्टराईले रक्तदान सबैभन्दा ठूलो दान भएको बताउँदैं स्वस्थ्य मानिसले नियमित रक्तदान गर्न आग्रह गरे ।
previous post