बुटवल। बुटवल उपमहानगरपालिकाको सहयोगमा कोलोनेल उजिर सिंह थापा स्मृति अन्तर्राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता आजवाट शुरु भएको छ। रेटिङ समूह २ हजार मूनिको अन्तर्राष्ट्रिय मेयर कप चेस खेलमा नेपाल लगायत अमेरिका, भारत र बंगलादेशका कूल १५० अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागीता रहेको छ।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले कार्यक्रमको उदघाटन गर्दै अमेरिकाको शैन्य समूहसंग सामान्य हतियार बोकि चतुर्याइँका साथ युद्ध गरेर अमरत्व प्राप्त गरेका कोलोनेल उजिन सिंह थापाको स्मृतिमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको आयोजना गर्न सफल भएकोमा बुटवल उपमहानगरपालिकाका साथीहरूलाई बधाई ज्ञापन गरेका छन्।

उदघाटन समारोहका सभापति माधव प्रधानले लामो समय पछि बुटवल उपमहानगरपालिकामा बुद्धिचाल खेललाई पुन: सञ्चालन गर्रि विभिन्न देशका खेलाडीहरुलाई नगरमा न्यानो आतिथ्यता प्रदान गरेको जानकारी गरेका छन्। उनले प्रतियोगिताका विजयी खेलाडीले नगद रु २ लाख पुरस्कार प्राप्त गर्ने बताए। त्यसैगरी द्वितीय हुनेले रु. १ लाख १० हजार, तृतीयले ६० हजार, चौथोले ४० हजार र पाँचौ स्थानमा आउनेले ३० हजर नगद पुरस्कार हात पार्ने छन्।
अन्तर्राष्ट्रिय प्रतियोगिताका अन्तर्राष्ट्रिय आर्विटर निरञ्जन प्रजापतिका अनुसार कूल ५० जना खेलाडीहरुले बिसौं स्थान र विभिन्न विधा अन्तर्गत जम्मा नगद १० लाख १ हजार नगद , आकर्षक ट्रफि, प्रमाणपत्र प्राप्त गर्ने छन्।
नेपाल बुद्धिचाल महासंघका कावा अध्यक्ष हेराकाजी महर्जनको उपस्थितिमा सम्पन्न पहिलो चरणका खेलमा टप सिडेड बंगलादेशी सिएम जमाल उदिन, नेपालका एफएम रुपेश जैसवाल, भारतका राघव श्रीवास्तव, अमेरिकन खेलाडी वेभर सिया, भारतका मिथिलेस श्रीवास्तव, नेपालका सिएम कृष्णथापा, भारतका डब्लू एफएम ब्रिष्टी मुखर्जी, एसिएम रिहान्स पाण्डे,एआइएम दिपाञ्जलीले आफ्नो पहिलो जीत संगै १ /१ अंक जोड्न सफल बनेका छन्।
अन्य प्रतिस्पर्धा मार्फत जित हासिल गर्नेमा बुटवल निवासी नेपालका महिला राष्ट्रिय खेलाडी नमन सेढाई, शिखर रेग्मी, विसनमान थैव, सिएम पुरुषोत्तम चौलागाईं, सिएम सजिन महर्जन, राजेन्द्रप्रसाद श्रैष्ठ, सुरज महर्जन, अशोक मोहन श्रेष्ठ, पुरुषोत्तम सिलवाल, सुदिप तामाङ लगायत ७६ जनाले १/१ अंक बनाई राम्रो शुरुवाट गरेका छन्।
नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य राजु ताम्राकारका अनुसार कोलोनेल उजिर सिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता नौ चरणको लिग खेल खेलाइने छ। चैत २३ गते शुरु भई २७ गते सम्पन्न हुने प्रतियोगितामा उत्कृष्ट अंक हुनेहरु विच प्रतिस्पर्धा गरि विजेताको छनौट गर्नेछन्।