231
काठमाडौं । नेपाल प्रहरीका १९ प्रहरी निरीक्षकको प्रहरी नायव उपरीक्षकमा बढुवा सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयअन्तर्गतको बढुवा समितिको बुधबारको बैठकले बढुवाको लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस भएकामा निर्मल पनेरु, ऋषिराम घर्तीमगर, दिपक मल्ल, धनबहादुर बोहोरा, जनार्दन घिमिरे, आयुशप्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नवीन पौडेल योगेन्द्र तिमिल्सिना (उपाध्याय) छन् । यस्तै, पुरुषोत्तम कार्की, हीरेन्द्रबहादुर रोकाया, गुणराज बुढाथोकी, रामप्रसाद तिमल्सिना, भीषणबाबु राई, रुकबहादुर खड्का, रणबहादुुर चन्द, राजन लामा र कमलकुमार खड्काको नाम डिएसपी बढुवाको लागि सिफारिस भएको छ ।
previous post