सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा कक्षा १२ का विद्यार्थीलाई विदाइ

Shares

बुटवल । प्रतिष्ठित सामुदायिक शिक्षण संस्था सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलको कक्षा ११ मा अध्यनरत बिद्यार्थीहरु द्वारा कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि विदाइ एवं शुभकामना व्यक्त गरेका छन । कक्षा ११ मा अध्यनरत छात्र हिमाल महराको अध्यक्षता आयोजित उक्त कार्यक्रमको सन्चालन छात्र गणेश हिताङ्गे र छात्रा सपना खडकाले एवं कार्यक्रममा उपस्थित सम्पुर्णलाई छात्र अरुण कार्की र छात्रा बिनिता घर्तीमगरले स्वागत गरेका छन।

प्रमुख अतिथिको रूपमा बोल्दै क्याम्पस प्रमुख श्री कृष्ण प्रसाद शर्माले कक्षा १२ का विद्यार्थीहरुलाई उज्ज्वल शैक्षिक भबिस्यको शुभकामना दिनुहुँदै क्याम्पसमा संचालित उच्च तहका अन्य शैक्षिक कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई आगामी दिनमा समेत स्वागत गर्न आतुर रहेको जानकारी दिनु भएको थियो । कार्यक्रममा विशिस्ट अतिथिहरु निवर्तमान क्याम्पस प्रमुख बिष्णु प्रसाद राना एवं सहायक क्याम्पस प्रमुखद्वय श्री कृष्ण प्रसाद खनाल र श्री रामनाथ उपाध्यायले कक्षा १२ का विद्यार्थीहरुको शैक्षिक भविष्यको शुभकामना दिनुहुँदै कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुले पनि आफू भन्दा सिनियर विद्यार्थीहरुको सकारात्मक कार्यको अनुसरण गर्दै सफलता उन्मुख हुनुपर्ने बताए ।

४५० जना विद्यार्थी, २५ जना प्राध्यापक र १५ जना कर्मचारीको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई अबिर खादा र मायाको चिनो प्रदान गरि सम्मान समेत गरिएको थियो । क्याम्पसको सभाहलमा आयोजित उक्त कार्यक्रममा क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले गायन, कमेडि र एकल र सामुहिक नृत्य समेत प्रस्तुत गरेका थिए ।

You may also like

This will close in 0 seconds