262
काठमाडौं । घरेलु मैदानमा आयोजित ट्वान्टी–२० शृंखलामा नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्सविरुद्ध अन्तिम खेल खेल्दै छ । दुई देशबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजे शुरू हुनेछ ।
यसअघिका दुई खेलमा घरेलु टिमविरुद्ध जीत निकाल्दै वुल्भ्सले शृंखला जितिसकेको छ । आजको खेलमा पनि जीत निकाले वुल्भ्सले नेपाल ‘ए’ विरुद्धको ट्वान्टी–२० श्रृंखलामा ‘क्लिन स्वीप’ गर्नेछ ।