304
बुटवल । पाल्पामा हावाहुरीले रुख पल्टाउँदा सडकमा गुडिरहेको स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ ।
डुम्रे नजिकै जरे पिपलमा बाटोमा सल्लाको रुख पल्टेर लाग्दा स्कुटर चालक पाल्पा कैलाशनगरका २० बर्षिय भुवन सिंजालीको घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शी बुटवलका ब्यवसायी दिनेश श्रेष्ठले नागरिक अनलाइनलाइ जानकारी दिए ।
सल्लाको रुख पल्टेर च्याप्दा सिंजालीको घटनास्थलमै ज्यान गएको हाे । लु ८१प ११३६ नम्बरको स्कुटर चालक भुवन पाल्पाबाट बुटवलतर्फ आउँदै थिए । हावाहुरीकै कारण सोही स्थानमै रोकिराखेको ग १०प ५७२१ नम्बरको स्कुटर र एकमाेटरसाइकल पनि पल्टिएको छ ।

पानीसहित आएको हावाहुरीले रुख पल्टाएका कारण अहिले पाल्पा-बुटवल सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्कुटरमा सवार अर्का एक जना सामान्य घाइते भएको पाल्पा प्रहरीले जनाएको छ ।